site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फुलक्रुगको गोलमा हारबाट जोगियो जर्मनी

काठमाडौं । इन्जुरी समयमा निक्लास फुलक्रुगले बराबरी गोल फर्काएपछि युरो–२०२४ मा जर्मनीले स्वीट्जरल्यान्डसँग एक–एकको बराबरी खेल्दै अंक बाँडेको छ । 

आइतबार राति भएको खेलमा स्वीट्जरल्यान्डका डान एन्डोयले गोल गर्दै घरेलु समर्थकमाझ पाहुना टिमलाई अग्रतामा राखेका थिए । एन्डोयले २८औँ मिनेटमा गोल गरेका थिए । तर, इन्जुरी समयको दोस्रो मिनेटमा फुलक्रुगले हेडर गोल गरेपछि जर्मनीले हार टारेको हो । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमले अन्तिम–१६ को यात्रा तय गरिसकेका छन् । जर्मनीविरुद्ध जित निकाल्दा स्वीट्जरल्यान्ड समूह विजेता बन्ने भए पनि फुलक्रुगले स्वीस टिमको त्यो सम्भावनालाई खारेज गरे । 

अंक तालिकाको शीर्ष स्थानमा रहेको जर्मनीले तीन खेलबाट सात अंक जोडेको छ । समान खेलबाट पाँच अंकसहित स्वीट्जरल्यान्डले नकआउट चरणको यात्रा निश्चित गरेको हो । 

यस्तै, तीन खेलबाट तीन अंक जोडेको हंगेरीले पनि उत्कृष्ट तेस्रो टिमको रूपमा प्रतियोगिताको आगामी चरणमा स्थान बनाएको छ । एक अंक जोडेर तालिकाको पुछारमा रहेको स्कटल्यान्ड भने समूह चरणबाट बाहिरिएको छ ।

आइतबार राति नै भएको अर्को खेलमा हंगेरीले स्कटल्यान्डविरुद्ध १–० को जित निकालेको हो । हंगेरीको जितमा केभिन सिकोबोथले इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro