site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीका मन्त्री देवकोटाको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले दायर गरेको रिट आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजालसमा रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

देवकोटा नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित भएका थिए । गएको जेठ २९ गते माओवादी केन्द्र संसदीय दलले उनलाई कारबाही सिफारिस गरेको थियो । सोही आधारमा गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले उनी सांसद पदबाट मुक्त भएको घोषणा गरेका थिए ।

Dabur Nepal
NIC Asia

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा ‘फ्लोर क्रस’ गरेको भन्दै माओवादीले उनलाई ‘ह्वीप’ उल्लंघनका आधारमा पार्टी परित्यागको कारबाही गरेको थियो ।

०७९ सालमा प्रदेशसभा निर्वाचनमा देवकोटासहित नेपाल समाजवादी पार्टीका प्रतिनिधि माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिह्नबाट चुनाव लडेका थिए । देवकोटाले आफू माओवादी पार्टी सदस्य नभएकाले कारबाही गर्न नसक्ने रिटमा जिकिर गरेका छन् ।

आफू समाजवादी पार्टीको सांसद रहेको र विश्वासको मत दिन स्वतन्त्र भएको दाबीसहित गएको बिहीबार देवकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए । आफूले निर्वाचन आयोगमा बुझाएको मनोनयनपत्रदेखि सम्पूर्ण कागजात नेसपाकै रहेको, आयोगको दस्तावेज र नेपाल सरकारबाट प्रकाशित राजपत्रको अभिलेखमा पनि नेसपा रहेको र गण्डकी प्रदेशसभाले अभिलेखमा पनि नेसपा नै भनेर राखेकाले माओवादीको सदस्यता पुष्टि नहुने उनको जिकिर छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro