राजनीति

दोहा (कतार) । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पांगोबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरूबीच कतारको दोहास्थित हमाद विमानस्थलमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । रासस
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ ०५:४२
प्रतिक्रिया दिनुहोस्