site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित पार्ने भन्दै पूर्वडीएसपीले उठाए साढे आठ लाख !

काठमाडौं । साठी किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपितको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर रकम ठगेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीका ६३ वर्षीय केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रूपन्देहीका ४३ वर्षीय झविन्द्र खत्री छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार अवैध सुन तस्करीको रकम भुक्तानी गरेको आरोपमा पक्राउ परेका पेवेल नेपाल प्रालिका कर्मचारीमाथिको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर उनीहरूले साढे आठ लाख रुपैयाँ लिएको खुलेको छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

पक्राउ परेकामध्ये शर्मा प्रहरीकै अवकाशप्राप्त डीएसपी हुन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छन् । उनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले केही समयअघि गौशालामा जुत्ताको मालासमेत लगाएका थिए ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्