site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नदी सफाइ गर्दै काठमाडौं महानगर
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले यहाँका नदीहरूको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले हाल इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेको छ ।

उक्त समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । अरू नदीमा भन्दा इच्छुमतीमा बढी फोहोर भेटिएको समूहका सुपरभाइजर सागर लुइँटेलले जानकारी दिए ।

रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ । महानगरपालिकाको समूहले सफाइ गरुन्जेल सफा देखिएको रुद्रमतीमा प्लास्टिकलगायत फोहोर थुप्रिन थालेको छ ।

सफाइ गरुन्जेल आकर्षक देखिएको नदी फेरि फोहर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकाल बताउँछन् ।

महानगरपालिकाले यस क्षेत्रका अरू नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ ।

महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहोर फाल्नाले दुर्गन्धित बनेको छ । नदी किनारबाट हिँड्दा नाक थुन्नुपर्ने अवस्था छ ।

०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ सुरु गरिए पनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन । वाग्मती सफाइ महाअभियानले ५८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन । वाग्मतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ सुरु गरिए पनि अवस्था उस्तै छ ।

जनस्तरबाट सुरु महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ । गुनासोबीच नै महानगरपालिकाले नदी सफाइ थालेको हो । रासस

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro