site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका केही स्थानमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने 

काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा आपूर्ति नहुने भएको हो ।  

मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो । 

Dabur Nepal
NIC Asia

प्राधिकरणले शनिबार मच्छेगाउँ, सतुंगल, मातातीर्थ, फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएकाे छ । 

आइतबार मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडर ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro