site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग रहेको बताएका छन् । गन्तव्यमा स्पष्ट रहेको उनले उल्लेख गरेका छन् ।

रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले कैयौँ कठिनाइ चिर्दै आफूहरू अघि बढेको स्मरण गरेका छन् । “...बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ,” शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै आफूहरू अघि बढ्ने उनले बताएका छन् । विभिन्न परिस्थितिको सामना गरिसकेको उल्लेख गरेका छन् ।

“...हामी हाम्रो यात्रामा अविचलित छौँ । सम्झ्नुस् त, देश तथा विदेशका  टोलटोल, बस्तीबस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई ‘घण्टी’मा रूपान्तरण गरेर दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ,” उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “२१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तान्यौँ, चार मन्त्रीले सिंगो देशको ध्यान तान्दै छौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro