site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्तर कोरियाले सीमाको गैरसैनिक क्षेत्र आसपास पर्खाल बनाएको रहस्योद्घाटन

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमा क्षेत्रमा पर्खालजस्तो थुप्रै संरचना बनाएको पाइएको छ । यो विषयको रहस्योद्घाटन बीबीसीको  सेटलाइट तस्बिरका माध्यमबाट भएको हो ।

बीबीसी भेरिफाई सेटलाइट तस्बिरमा देखाइएअनुसार गैरसैनिक क्षेत्रभित्रको जमिन खाली गरिएको छ । यो कार्य दक्षिण कोरियाका साथ लामो समयदेखि जारी युद्धविराम सम्झौताको उल्लंघन हुन सक्ने जानकारको भनाइ छ ।

डिमिलिटराइज्ड जोन अर्थात् गैरसैनिक इलाकाका रूपमा उत्तर र दक्षिण कोरियाका बीचमा चार किमि क्षेत्र छुट्ट्याइएको छ । त्यसलाई बफर जोन भनिन्छ । उक्त जोन दुई क्षेत्रमा बाँडिएको छ । दुवै देश आफ्नो तर्फको हिस्साको नियन्त्रण गर्छन् ।

उत्तर कोरियातर्फ भइरहेको गतिविधिलाई विज्ञले असामान्य भनेका छन् । दुवै देशबीच तनावको अवस्था रहेका बेला यो विवरण सार्वजनिक भएको छ ।

बीबीसीले सीमाको सात किमिको भागमा हाई रिजोलुसनको तस्बिर लिएको जनाइएको छ । गैरसैनिक जोननजिक कमसेकम तीन ठाउँमा पर्खालजस्तो देखिने संरचना बनाइएको त्यसमा पाइएको छ ।

सन् २०२३ नोभेम्बरमा लिइएको तस्बिरमा त्यसखालको संरचना देखिएको थिएन । अहिले देखिएको जनाइएको छ । ती पर्खाल दुईदेखि तीन मिटर उचाइका भएको जनाइएको छ ।

१९५३ मा कोरिया युद्ध एक युद्धविरामसँगै टुंगिएको थियो । गैरसैनिक क्षेत्रको आसपास कुनै दुष्मनी झल्कने खालको काम नगरिने त्यति बेला बताइएको थियो । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro