site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति कार्यालय अगाडिको करोडौं पर्ने चार रोपनी जग्गा कस्को ? 
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाको महाराजगन्जस्थित राष्ट्रपति कार्यालय अगाडिल्तिर करोडौं रुपैयाँ पर्ने करिब चार रोपनी जग्गाको स्वामित्वका विषयमा विवाद सिर्जना भएको छ ।
 
विवाद हो, उक्त जग्गा काठमाडौं महानगरपालिकाको (सरकारी) हो वा कुनै संस्थाको भन्ने । महालेखापरीक्षकको कार्यालयले उक्त जग्गा सरकारी/सार्वजनिक उपयोगमा ल्याउन काठमाडौं महानगरपालिकालाई भनिसकेको छ ।

महानगरपालिकाको वडा नंं. ३ को वडा कार्यालयसँगै राष्ट्रपति कार्यालयअगाडि कित्ता नं ३ को करिब ४ रोपनी जग्गालाई महालेखाले सरकारी उपयोगमा ल्याउन भनेको हो ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा समेत उक्त जग्गाका बारेमा उल्लेख गरिएको छ । 

Dabur Nepal
NIC Asia

कान्ति सांस्कृतिक केन्द्रले लामो समयदेखि उक्त जग्गा पार्किङ्ग तथा अन्य उपभोगमा प्रयोग गरी आय आर्जन गर्दै आएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उक्त जग्गाको स्वामित्व र केन्द्रले उपयोग गरेको जग्गा सम्बन्धमा विवरण माग गर्दा प्राप्त हुन नसकेको समेत महालेखाले प्रतिवेदनमा जनाएको छ ।
 
“उक्त केन्द्रले उपयोग गरेको जग्गासम्बन्धी निर्णय र सोका शर्त तथा उक्त जग्गाको उद्देश्य अनुरुपको कार्यमा प्रयोग भए या नभएको सम्बन्धमा यकिन गरी सरकारी/सार्वजनिक उपयोगमा ल्याउन छानबिन एवं कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय हुनुपर्छ,” महालेखाले प्रतिवेदनमा भनेको छ ।

कान्ति सांस्कृतिक केन्द्रले आफ्नो फेसबुक पेजमा केन्द्रको स्थापना २०२५ सालमा भएको उल्लेख गरेको छ । स्थानीय युवाहरुले नेपाली संस्कृतिको संरक्षण र खेलकुद गतिविधि गर्न केन्द्रको स्थापना गरेको जनाइएको छ ।

कान्ति सांस्कृतिक केन्द्रका उपाध्यक्ष विजेन्द्र अर्यालले भने राष्ट्रपति कार्यालय अगाडि र काठमाडौं महानगरपालिका वडा नं. ३ को वडा कार्यालयसँगै रहेको करिब चार रोपनी जग्गा केन्द्रकै भएको दाबी गरे । 

“यो जग्गा राजा महेन्द्रले भोगचलन गर्न केन्द्रलाई दिएको जग्गा हो,” अर्यालले बाह्रखरीसँग भने, “हामीले काठमाडौं महानगरपालिका वडा नं. ३ लाई भाडामा दिएको हो ।”

उक्त जग्गा काठमाडौं महानगरपालिका वडा नं.३ लाई ३० वर्षका लागि भाडामा दिएको र सम्झौता भएको २५–२६ वर्षको भएको दाबी उनले गरे । जग्गा केन्द्रको भए पनि जग्गाको लालपूर्जा भने केन्द्रसँग नभएको उनले बताए ।

“जग्गा हाम्रो हो, तर लालपूर्जा हाम्रो नाममा छैन । हाम्रो नाममा हुन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ, त्यो भएको छैन,” केन्द्रका उपाध्यक्ष अर्यालले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जग्गाको विषयमा छानबिन गर्न महानगरले समिति गठन गरेको जानकारी दिए । समितिले जग्गासम्बन्धी कागजात संकलन र अध्ययन गर्ने काम गरिरहेको उनले जनाए ।

“जग्गा कस्को हो भन्ने पहिचान गर्न एउटा समिति गठन गरिएको छ । समितिले अध्ययन गरिरहेको छ,” काठमाडौं महानगरका प्रवक्ता मानन्धरले बाह्रखरीसँग भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro