site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गिरीबन्धु प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी–इस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Dabur Nepal
NIC Asia

गिरीबन्धु प्रकरणमा कांग्रेसले कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए फाइल खोल्न र छानबिन समिति बनाउन माग गरे । उनले ओलीले आवेगले प्रश्न उठाएको भन्दै त्यसलाई विवेकले जवाफ दिन कांग्रेसपछि नपर्ने बताए ।

उनले भने, "हामीमा आवेग कतिसम्म छ भने, तपाईंहरूले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरीबन्धु प्रकरणमा कांग्रेसले ९१ बिगाह जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । यद्यपि, म केपी कमरेडलाई श्रद्धा गर्दछु, मेरो जिल्लावासी नेता हो । मेरो जिल्लाको दुई नेतालाई तुलनात्मक रूपले बढी श्रद्धा गर्दछु ।" 

महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu