site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानको ‘आईआरजीसी’लाई क्यानडाले गर्‍यो आतंककारी घोषणा
तस्बिर : ईपीए ।

ओटावा । क्यानडाले इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंककारी घोषणा गरेको छ । विपक्षी विधायक र इरानी डायस्पोराका केही सदस्यको वर्षौँदेखिको दबाबका कारण क्यानडा सरकारले उक्त संगठनलाई आतंककारी घोषणा गरेको हो ।

त्यसबारको निर्णय बुधबार सार्वजनिक गरिएको छ । सार्वजनिक सुरक्षासम्बन्धी मन्त्री डोमिनिक लेब्लान्कले उक्त घोषणा विश्वव्यापी आतंकवादविरुद्ध लडाइँका निम्ति महत्त्वपूर्ण ‘उपकरण’ भएको जनाएका छन् ।

Dabur Nepal
NIC Asia

यो निर्णयको अर्थ इरानी सरकारी र आईआरजीसीका अधिकारी अब क्यानडा प्रवेश गर्न पाउने छैनन् ।

आईआरजीसीलाई इरानमा विशेष गरी सेना, राजनीति र आर्थिक गतिविधिमा संलग्न बलका रूपमा लिने गरिएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनईसँग आईआरजीसीको निकट सम्बन्ध रहेको मानिन्छ । यसअन्तर्गत ग्राउन्डफोर्स, नाभी र एयरफोर्समा एक लाख ९० हजार मानिस सक्रिय रहेका जनाइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro