site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
पूजाको ‘दान्भी’ले उत्साहजनक शो पाउँदा ‘आचार्य’ले कति पायो ?  
SkywellSkywell

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दान्भी’ले उत्साहजनक शो पाएको छ । बुधबारदेखि मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘दान्भी’लाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ । 

Dabur Nepal
NIC Asia

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईले १२, वान सिनेमाजले ७ शो उपलब्ध गराएका छन् । एफक्युब, बीएसआर, बिग मुभीज रन्जनालगायत मल्टिप्लेक्समा पनि ‘दान्भी’ले उत्साहजनक शो पाएको छ । 

रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको पनि अभिनय छ । 

रि–रिलिज हुन लागेको ‘आचार्य’ले क्यूएफएक्सका आउटलेटमा काठमाडौंमा जम्मा दुई शो पाएको छ । काठमाडौं उपत्यका बाहिर क्यूएफएक्सले ३ शो दिएको छ । वान सिनेमाजले ३ शो दिएको छ । आईएनआईले पनि समान ३ शो दिएको छ । 

सत्यराज आचार्य मुख्य भूमिकामा रहेको चलचित्र यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो । 

गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक मुभी ‘आचार्य’लाई प्रशान्त रसाइलीले निर्देशन गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro