site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्काउट समयसापेक्ष हुन जरुरी : खेलकुदमन्त्री श्रेष्ठ
फाइल तस्बिर

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समयसापेक्ष हुन जरुरी रहेको बताएका छन् । बुधबार नेपाल स्काउटको ७३औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले २१औँ शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसाबले अघि बढ्न आवश्यक रहेको बताए ।

स्काउट समयसापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिन नहुने उनको भनाइ छ । मन्त्री श्रेष्ठले केका लागि स्थापना भएको हो भन्नेकुरा नबिर्सिकन स्काउटले समयसापेक्ष रूपमा अघि बढ्न आवश्यक रहेको बताए । 

“स्काउट समयसापेक्ष पनि हुनुपर्छ । स्काउटले २१औँ शताब्दीसापेक्ष हुने, तर आफ्नो जरा नबिर्सिकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो,” मन्त्री श्रेष्ठले भने । 
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro