site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्डको सुखद अन्त्य, फर्गुसनको कीर्तिमानी बलिङ

काठमाडौं । लकी फर्गुसनको कीर्तिमानी बलिङप्रेरित न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकपमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध सात विकेटको जितसहित प्रतियोगिताको अन्त्य गरेको छ ।

सोमबार राति टारोउबामा पीएनजीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा पूरा गर्‍यो । न्युजिल्यान्डको जितमा डेविड कोन्वेले ३५ रन बनाए । कप्तान केन विलियम्सनले १८ र डार्यल मिचेलले १९ रन थपे ।

Dabur Nepal
NIC Asia

पीएनजीका काबुअ मोरेअले दुई विकेट लिए । चार्ल्स एमिनीले एक विकेट हात पारे ।

त्यसअघि, फर्गुसन विश्वकपमा चार ओभर नै मेडन फ्याँक्ने पहिलो बलर बन्दा टस हारेर ब्याटिङमा उत्रिएको पीएनजी १९.४ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको थियो ।

पीएनजीका चार्ल्स एमिनीले १७, नोर्मन भानुअले १४ र सेसे बाउले १२ रन बनाए । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न न्युजिल्यान्डका फर्गुसनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका फर्गुसनले चारै ओभर मेडन फ्याँके । ट्वान्टी–२० विश्वकपमा चारै ओभर मेडन फ्याँक्ने फर्गुसन अहिलेसम्मकै एक मात्र बलर हुन् ।

यस्तै, ट्रेन्ट बोल्ट, टिम साउदी र इश सोधीले समान दुई विकेट लिए । मिचेल स्यान्टनरले एक विकेट हात पारे ।

जितका बाबजुद न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘सी’मा चार खेलबाट चार अंक जोड्दै न्युजिल्यान्डले प्रतियोगिताको अन्त्य गर्‍यो । जितविहीन पीएनजी भने तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro