site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउनेमा केन्द्रित : विप्लव
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको बताए । त्यसै कारण प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने धारणा राखे । विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको धारणा राखे । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खानेबाहेक केही नदेखिएको उनको भनाइ छ ।

त्यस्तै, विप्लवले अमेरिकालाई खुसी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अब अमेरिकाले निरन्तर नेपाललाई च्याप्दै जाने र त्यसको शिकार प्रचण्ड हुने जिकिर गरे । 

Global Ime bank

उनले माओवादीहरूले अब आफूलाई नबल्ने हो भने भयानक बिचल्लीमा जाने अवस्थामा आउने बताए । जनयुद्धका क्रममा राज्यबाट पीडितहरुको न्यायलाई राज्यको बन्दुकको छाँयाले दबाएर राखेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement