बाह्रखरी फोटो
काठमाडौं । मुस्लिम धर्मावलम्बीले सोमबार बकर इद (इदुल जोहा) पर्व मनाइरहेका छन् । बकर इद मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड हो ।
यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
पर्वमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदसहित देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
यो पर्वमा जनावरको कुर्बानी (बलि) दिने चलन छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ ०९:५४
प्रतिक्रिया दिनुहोस्