site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका छन् ।

शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालबाट दीपेन्द्रले ३.४ ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककलाई ‘कड एन्ड बोल्ड’ गरे । डी ककले १० रन बनाए ।

जारी खेलको चार ओभर समाप्त हुँदा दक्षिण अफ्रिकाले एक विकेट गुमाएर २२ रन बनाएको छ ।
 
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro