site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वैवाहिक बलात्कारबारेको अभिव्यक्तिमा योगेन्द्र मण्डलले दिए प्रस्टीकरण

काठमाडौं । प्रतिनिधिसभाका सांसद योगेन्द्र मण्डलले महिलामाथि अपमान गर्ने आफ्नो नियत नरहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालयगत छलफलका क्रममा बुधबार दिएको अभिव्यक्तिमाथि महिला सांसदले प्रश्न उठाएपछि उनले प्रस्टीकरण दिएका हुन् ।

“त्यो दिन हामी महिला र कानुन मन्त्रालयकै विषयमा कुरा गर्दैथ्यौँ । महिलाको अपमानका कुरा, महिलासँग जोडिएको कुरा कुनै पनि त्यो दिन मक्सद थिएन,” उनले भने, “कानुन र महिला दुईवटाको समन्वयबाट राम्रो कानुन बनोस् । जनताले दुःख नपाओस् भन्न मात्रै खोजेको हो । त्यसैकारण सुवर्ण रेखाको उदाहरण दिएको थिएँ ।”

Dabur Nepal
NIC Asia

उनले बुधबारको बैठकमा वैवाहिक बलात्कारको मुद्दाका विषयमा बोलेका थिए । “श्रीमान्‌माथि पनि महिलाले जबरजस्ती करणीको मुद्दा हाल्न पाउँछ । एकदम खुसी छु । महिलाको अधिकारको कुरा हो । श्रीमान् आफूलाई मन लागेको बेला, आफ्नो इच्छा पूरा गर्न के गर्ने?," उनले भनेका थिए । 

आफूले स्टन्टबाजीका लागि उक्त अभिव्यक्ति नदिएको उनको भनाइ छ । “डेढ वर्षअघि जुम्ला जिल्लाको अदालतमा सुवर्ण रेखाजस्तै भएको थियो । एकजना इमान्दार मानिसमाथि एकजना महिलाले आरोप लगाइन्, पछि छानबिनमा पुरुष निर्दोष सावित भयो । र, त्यो महिलालाई अढाइ वर्षको जेल सजाय तोकियो । म त्यत्तिकै बोल्दिनँ । स्टन्टबाजी गर्दिनँ,” उनले भने ।

मण्डलले आफू महिला अधिकारवादी भएको र नाम लेख्ने अभियान चलाएको स्मरण गरे । “म जहाँ जन्मेको छु । २५ वर्षअघि ९० प्रतिशत भन्दा बढी महिला निरक्षर छन् । मैले नाम लेख्ने अभियान चलाएँ, अहिले पनि त्यो अभियान चलिरहेको छ । दुई लाखभन्दा बढी  महिलाले नाम लेख्न जानेका छन्,” उनले भने ।

उनले आफूले बोलेको विषय आपत्तिजनक भए त्यहीदिन ढ्यापढ्याप किन नगरेको भनी प्रश्न सोधे ।

“मेरो नियत त्यो होइन, म महिलालाई सम्मान गर्छु । त्यो दिनको रेकर्डमा माननीयज्यूहरूलाई आपत्ति थियो भने ढ्यापढ्याप गर्न सक्नुहुन्थ्यो,” मण्डलले भने, “नियमावलीमा छ त । अहिले तीन दिन पछाडि पत्रिकामा आइसकेपछि...। यो पनि नगरौँ ।”

मण्डलले राष्ट्रियतालाई प्राथमिकतामा राखेर कानुनको कमिकमजोरीलाई सुधार्न आग्रहसमेत गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro