site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपतिले भने– म छोराको सजाय माफी गर्दिनँ
फाइल तस्बिर

रोम । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक, लागुऔषधसहितकाे आराेपमा आफ्नो छोरा हन्टर बाइडेनमाथि भएको सजाय माफ नगर्ने बताएका छन् । बाइडेनको छोरालाई अवैध रूपमा हतियार खरिद गर्ने र नशालु औषधिको प्रयोग गरेको विषयमा झुटो बोलेको बारेमा अदालतले हालै दोषी ठहर गरेको थियो ।

फेडरल अदालतले गएको साता हन्टरलाई दोषी ठहर गरेपछि पहिलोपटक बाइडेनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आफूले हन्टरप्रति गर्व गर्ने समेत बताएका छन् । उनी अहिले लागुऔषधको आदतबाट बाहिर आइसकेको जनाउँदै अब उनी शालीन र प्रतिभाशाली व्यक्ति भएको समेत जनाएका छन् । 

Dabur Nepal
NIC Asia

जी–७ सम्मेलनमा भाग लिनका लागि इटाली पुगेका बाइडेनसँग पत्रकारले के उनले हन्टरलाई सजाय कम गर्ने कदम उठाउनेछन् भन्ने प्रश्न सोधेका थिए । यसबारेमा उनले भने, “म यो मामिलालाई लिएर सन्तुष्ट छु कि म यसमा केही गर्न गइरहेको छैन । मैले भनेँ कि जुरीले जुन फैसला गर्‍यो,  त्यो मलाई मन्जुर छ । म यसमा कायम छु र म हन्टरलाई माफी गर्न गइरहेको छैन ।” 

हन्टर बाइडेनलाई अदालतले लागुऔषध, बन्दुकसहित तीन मामिलामा दोषी ठहराएको थियो । बाइडेनले आफ्ना छोरालाई दोषी ठहर गर्नुअघि आफूले अदालतको सजायलाई कमी नगर्ने बताएका थिए । त्यही कुरा उनले फेरि दोहोर्‍याएका छन् । 

अमेरिकामा राष्ट्रपतिलाई अदालतबाट दोषी साबित भएका व्यक्तिको सजाय माफ गर्न वा कम वा त्यसमा परिवर्तन गर्ने अधिकार हुन्छ । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro