site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर–८ मा

काठमाडौं । न्युजिल्यान्डविरुद्ध १३ रनको जित निकाल्दै वेस्ट इन्डिजले आईसीसी ट्वान्टी–२० विश्वकपको प्ले अफमा स्थान सुनिश्चित गरेको छ । बिहीबार टारोउबामा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनमात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए । फिन एलनले २६, मिचेल स्यान्टनरले २१ र डार्यल मिचेलले १२ रन थप्दा रचिन रविन्द्र र जिमी निसमले समान १० रन जोडे । 

Dabur Nepal
NIC Asia

वेस्ट इन्डिजका अल्जारी जोसेफले चार विकेट लिए । चार ओभर बलिङ गरेका जोसेफले १९ रनमात्र खर्चिए । गुडाकेस मोटीले तीन विकेट लिए । यस्तै, अकेएल हुसैन र आन्द्रे रसेलले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो 

वेस्ट इन्डिजका सेर्फेन रुथफोर्डले ६८ रन बनाए । उनले ३९ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । निकोलस पुरनले १७, अकेएल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफर्डले १३ रन जोडे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए । टिम साउदी र लकी फर्गुसनले समान दुई विकेट लिँदा जिमी निसम र मिचेल स्यान्टनरले समान एक विकेट हात पारे ।

प्रतियोगितामा लगातार तेस्रो जित निकालेसँगै वेस्ट इन्डिजले समूह चरणको अन्तिम खेलअगावै सुपर–८ मा स्थान सुनिश्चित गरेको हो । तीन खेलबाट ६ अंक जोडेको वेस्ट इन्डिज समूह ‘सी’को शीर्ष स्थानमा छ । दुई खेल खेल्दा पनि अंकविहीन न्युजिल्यान्ड भने तालिकाको पुछारमा छ । यो हारसँगै न्युजिल्यान्डको सुपर–८ मा पुग्ने सम्भावना न्यून बनेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro