site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर बन्दुकसम्बन्धीमा मुद्दामा दोषी ठहर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई डेलावेयरमा चलिरहेको मुद्दामा सबै तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा भरेको फारममा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको निष्कर्ष निकाल्दै १२ सदस्यीय जुरीले उनलाई दोषी ठहर गरेको हो । 

जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय दिन मिल्ने कानुनी व्यवस्था छ । तर, पहिलोपटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिने गरिएको छैन ।

Dabur Nepal
NIC Asia

यस मुद्दामा एक हप्तासम्म प्रत्यक्षदर्शीहरूबाट बयान सुनेपछि जुरीले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषध दुर्व्यसनको बारेमा पनि छलफल गरेको थियो । 

हन्टर बाइडेनले अपराध स्वीकार गरेका थिएनन् । उनीविरुद्ध झुटा बयान दिएको र अवैध रूपमा बन्दुक राखेको आरोप थियो । उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारी गरिरहेका बेला हन्टरलाई दोषी ठहर गरिएको हो ।

मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी तथा हन्टरकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित थिइन् ।मुद्दा कभर गर्ने पत्रकारहरूलाई अदालतमा मोबाइल फोन लैजान दिइएको थिएन । फैसला सुनाउनेबित्तिकै पत्रकारहरू यो खबर लिएर अदालतबाहिर दौडिएका थिए ।

हन्टर बाइडेन लागुपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका हुन् । अब यो मुद्दामा उनलाई जेल पनि जानुपर्ने हुनसक्छ । उनी दोषी ठहर भएका तीन आरोपमा अधिकतम् २० वर्षसम्म जेल सजाय तोक्न सकिन्छ, तर विज्ञहरूले बाइडेनलाई जेल पठाएमा छोटो अवधिको लागि पठाइने विश्वास व्यक्त गरेका छन् । 

अमेरिकामा बन्दुक किन्दा झुटो बयान दिएमा १० वर्षसम्म जेल सजाय हुन सक्छ । त्यसैगरी, लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा १० वर्षसम्मको सजाय हुने व्यवस्था छ । बन्दुक किन्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । यदी हन्टर बाइडेनलाई यी तीन आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय पाउन सक्छन् । 

हन्टर बाइडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए । हन्टर बाइडेनले कोकिनको लतको बारेमा खुलेर बोलेका छन् । अमेरिकामा बन्दुक किन्न लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ । हन्टर बाइडेनलाई उनले बन्दुक किन्दा लागुऔषध प्रयोगकाबारेमा गलत जानकारी दिएको आरोप लगाइएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro