site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलिया बन्याे सुपर–८ मा प्रवेश गर्ने पहिलो टिम

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अस्ट्रेलियाले लगातार तेस्रो जित निकाल्ने क्रममा नामिबियाविरुद्ध नौ विकेटको सहज जित निकालेको छ । बुधबार नर्थ साउन्डमा भएको खेलमा नामिबियाले प्रस्तुत गरेको ७३ रनको लक्ष्य अस्ट्रेलियाले आक्रामक ब्याटिङ गर्दै ५.४ ओभरमा एक विकेट गुमाएर भेट्टाएको हो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले सर्वाधिक ३८ रन बनाए । उनले १७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । डेविड वार्नरले आठ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान मिचेल मार्सले नौ बलमा तीन चौका र एक छक्कासहित १८ रन बनाए ।

Dabur Nepal
NIC Asia

नामिबियाका डेविड वाइजेले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नामिबियाले १७ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।

नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले सर्वाधिक ३६ र माइकल भान लोन्गनले १० रन थपे । यसबाहेक, अन्यले दोहोरो अंकमा रन थप्न सकेनन् । नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक चार विकेट लिए । जस हेडजवुड र मार्कुस स्टोइनिसले समान दुई विकेट हात पारे । प्याक कुमिन्स र नाथन इल्सको नाममा एक–एक विकेट रह्यो ।

लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया प्रतियोगिताको सुपर–८ मा स्थान बनाउने पहिलो टिमसमेत बनेको छ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले ६ अंक जोडेको छ । अस्ट्रेलियाले यसअघि पहिलो खेलमा ओमान र दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध जित निकालेको थियो । 

समान खेलबाट दुई अंक जोडेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro