site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ह्रस्व दीर्घ’मा नीताको यस्तो लुक्स

काठमाडौं । अभिनेत्री नीता ढुंगाना मुख्य भूमिकामा रहेको चलचित्र  ‘ह्रस्व दीर्घ’मा उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देखिन्छ । 

पोस्टरमा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई पनि देख्न सकिन्छ ।

चलचित्रमा कलाकार नीतासँगै हरिहर अधिकारी, वीपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनालको पनि अभिनय छ । 

हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रलाई भारतीय छायांकार कवीरलालले खिचेका छन् । 

चन्द्र पन्तले निर्देशन गरेको चलचित्र असोज ३ गतेबाट प्रदर्शनमा आउनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro