site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् विघटनबारे ओलीको धारणाले गठबन्धनमा कुनै असर गर्दैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद् विघटनबारे दिएको पछिल्लो अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।

गत शनिबार ओलीले एमाले काठमाडौं जिल्ला कमिटीको सातौँ अधिवेशनमा संसद् विघटन गरेको भए एमाले नै नरहने अभिव्यक्ति दिएका थिए ।

दुईदिने भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले प्रधानमन्त्रीलाई संसद् विघटनबारे ओलीको अभिव्यक्तिबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रचण्डले ओलीको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताए ।

"एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीजीले यो धारणा सधैँ राख्दै नै आउनुभएको छ । उहाँको धारणा, उहाँको पार्टीमा प्रस्तुत गर्नुभएको हो । यसले गठबन्धनलाई केही असर गर्दैन । उहाँले त यो धारणा सधैँ राख्दै आउनुभएको छ । हामी सबैले बुझेको हो । आफ्नो धारणा, आफ्नो पार्टीमा राख्नुलाई स्वाभाविक नै ठानेको छु । यसले समीकरणमा केही हुन्छ कि भन्न खोज्नुभएको हो भने केही फरक पर्ने स्थिति छैन," प्रचण्डले भने ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्