site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले गुमायो नवौँ विकेट, रौफले लिए दुई बलमा दुई विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानका ह्यारिस रौफले लगातार दुई बलमा दुई विकेट लिएका छन् ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले १७.४ र १७.५ ओभरमा लगातार विकेट गुमाएको हो । रौफले सात रनमा खेलिरहेका हार्दिक पन्ड्या र जसप्रित बुमराहलाई गोल्डेन डकको रुपमा पभेलियन फर्काएका हुन् ।

जारी खेलको १८ ओभर समाप्त हुँदा भारतले नौ विकेट गुमाएर ११३ रन बनाएको छ । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro