site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मोदीको शपथमा सहभागी हुने प्रचण्ड नेपालको तेस्रो प्रधानमन्त्री, दिउँसो १ बजे दिल्ली जाने
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार (आज) दिउँसो १ बजे भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका निम्ति हुने शपथग्रहण समारोहमा सहभागी हुन उनी नयाँ दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली जानेछन् ।

Dabur Nepal
NIC Asia

“भ्रमण छोटो अवधिको लागि भएकोले भ्रमण दल पनि सानो रहेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने ।

मोदीले तेस्रो कार्यकालका निम्ति स्थानीय समयानुसार आइतबार साँझ दिल्लीस्थित राष्ट्रपति भवनमा विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिँदै छन् । उक्त समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले त्यहीँ मोदीलाई नयाँ कार्यकालका निम्ति बधाई तथा शुभकामना दिनेछन् ।

शपथग्रहण समारोह सकिएपछि प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता हुने परराष्ट्रले जनाएको छ ।

मोदी यसअघि दुईपटक प्रधानमन्त्री हुँदा आयोजित शपथ समारोहमा पनि नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको थियो । मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१४ मा आयोजित शपथ समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

मोदी दोस्रोपटक प्रधानमन्त्री हुँदा २०१९ मा आयोजित शपथ समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।

मोदी लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री हुँदा आयोजित शपथ समारोहमा सहभागी हुन जाने प्रचण्ड नेपालको तेस्रो प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार (भोलि) बेलुका ६ बजे स्वदेश फर्कने तय छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro