site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्ड सबैभन्दा पछि पुग्नेछन् दिल्ली, मुइज्यू पनि चर्चामा
फाइल तस्बिर ।

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुन गइरहेको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा केही छिमेकी र दुई निकट मित्र राष्ट्रका उच्चस्तरीय प्रतिनिधि मण्डललाई निम्तो दिइएको छ । निम्तो स्वीकार्दै सबै देशबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नयाँ दिल्ली जाने तय भइसकेको छ । 

यसरी निम्तो गरिएकाहरूमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रीलंकाका राष्ट्रपति रणील विक्रमसिंघे, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मुइज्यू , सेसेल्सका उपराष्ट्रपति अहमद अफिफ, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, मोरिसका प्रधानमन्त्री प्रभिन्दकुमार जुगनाउथ र भुटानका प्रधानमन्त्री छिरिंग तोग्बे रहेका छन् । 

एनडीटीभीले दिएको तालिकाअनुसार बंगलादेशका प्रधानमन्त्री र सेसेल्सका उपराष्ट्रपति शनिबार नै नयाँ दिल्ली पुगिसकेका छन् । अन्यमा नेपालका प्रधानमन्त्री स्थानीय समयअनुसार दिउँसो २ बजेर ५० मिनेटमा, मोरिससका प्रधानमन्त्री बिहान ९ बजेर ५ मिनेटमा, माल्दिभ्सका राष्ट्रपति बिहान ९ बजेर ५ मिनेटमा, भुटानका प्रधानमन्त्री बिहान ११ बजेर ३० मिनेटमा, श्रीलंकाका राष्ट्रपति ११ बजेर ५० मिनेटमा नयाँ दिल्ली पुग्ने कार्यतालिका रहेको छ ।

नेपालका प्रधानमन्त्री सबैभन्दा पछि दिल्ली पुग्ने विदेशी अतिथि हुनेछन् । विदेशी अतिथि बस्ने होटेलहरू लीला, ताज, आइटीसी मौर्य, क्लारिड्ज र ओबरायमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

मुइज्यू को भारत सम्बन्ध 
माल्दिभ्सका राष्ट्रपति मुइज्यूको भारतसँगको सम्बन्ध निकै तनावपूर्ण जस्तो यसअघि रहेकोमा अहिले आएर केही सुधार भएको पाइएको छ । यसअघि उनलाई ‘प्रो– चाइना’को आरोप लाग्दै आएको थियो । उनले राष्ट्रपति भएपछि पहिलो राजकीय भ्रमण चीनको गरेका थिए ।

हालै मात्र उनले निर्वाचनमा गरेको बाचाअनुसार माल्दिभ्समा रहेका भारतीय सेनालाई फिर्ता गराएका थिए । राष्ट्रपतिको कार्यालयले मोदीको निम्तो स्वीकार गरेको शनिबार नै जनाएको थियो । राष्ट्रपतिलाई भारतका माल्दिभ्सस्थित उच्चयुक्त मुनु महावारका तर्फबाट निम्तो हस्तान्तरण गरिएको जनाइएको छ । भारत र माल्दिभ्सको बीचमा सम्बन्ध राम्रो नभए पनि पछिल्लो समयमा केही सुधार आएको संकेत विभिन्न घटनाक्रमले देखाएका छन् । त्यसको पछिल्लो कडी दिल्लीले त्यहाँका राष्ट्रपतिलाई निम्तो गर्नु र राष्ट्रपतिले त्यसलाई स्वीकार गर्नुले देखाएको छ । एजेन्सी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro