site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले भने– समझदारीको भाषा टुंगिएपछि सदन चल्छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समझदारीको भाषा टुंगिएपछि सदन चल्ने बताएका छन् । आइतबार अपराह्न संसद् भवनबाहिर सञ्चारकर्मीलाई छोटो प्रक्रिया दिँदै प्रचण्डले सकारात्मक छलफल भइरहेको बताए ।

उनका अनुसार, अहिले सत्तापक्ष र प्रतिपक्ष दलबीच समझदारीको भाषामा छलफल भइरहेको छ ।

Argakhachi Cement Island Ad

"मलाई जहाँसम्म लाग्छ, छिट्टै भाषामा समझदारी बनेपछि सदन चल्छ," उनले भने ।

सत्तापक्ष र विपक्षी दलको आआफ्नै अडानका कारण जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्