site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मैथिली साहित्यका किशोर अनुवादक झाको कृतिमाथि अन्तरक्रिया

काठमाडौं । मैथिली साहित्यका सबभन्दा कान्छा अनुवादक विमर्श झाद्वारा अंग्रेजीमा अनूदित ‘क्राइ नो मोर सीता’ कवितासंग्रहमाथि अन्तरक्रिया गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मूल मैथिलीमा रहेको कवयित्री विभा झाको कवितासंग्रह ‘नहि सीता नहि’को अंग्रेजी अनुवाद ‘क्राइ नो मोर सीता’को लोकार्पण तथा अन्तरक्रिया गरिएको हो । उक्त कृतिका कविताहरू सीतामाथि आधारित छन् ।

Argakhachi Cement Island Ad

१७ वर्षीय अनुवादक विमर्श झासँग कार्यक्रममा युवा कवि विकास वत्सनाभले संवाद समेत गरेका थिए । सानो उमेरमा किन अनुवादजस्तो गम्भीर विषय चयन गरेको भन्ने प्रश्नमा अनुवादक झाले भने, “मैथिली मेरो मातृभाषा हो, तर यो भाषाको समृद्ध साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन अंग्रेजी अनुवाद आवश्यक रहेको छ,” उनले भने, “त्यही भएर मैले अनुवाद गर्ने विचार गरेको हुँ ।”

कवितासंग्रह ‘क्राइ नो मोर सीता’को प्रकाशन विमर्श फउन्डेसनले गरेको हो । फाउन्डेसनकी अध्यक्ष विभा झाले मैथिली साहित्यमा युवाको आगमनले उत्साह थपिएको बताइन् ।

भाषा वैज्ञानिक डा. रामावतार यादवले अनुवादक विमर्शको अनुवाद कलाको प्रशंसा गर्दै भने, “मैथिली साहित्यलाई विमर्शजस्तो जोसिला युवा सर्जक तथा अनुवादको खाँचो छ ।” उनले अनुवाद साहित्यमा झाको निरन्तरताको कामना गरे ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्