site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गण्डकीका स्रष्टा कोसीमा 

विराटनगर । एउटा प्रदेशको भाषा, साहित्य, कला र संस्कृति अर्कोसँग अन्तरघुलन गराउने उद्देश्यले नेपाली लेखक संघले प्रदेशसँग प्रदेश कार्यक्रम थालेको छ । प्रदेश परिक्रमाको पहिलो शृंखलामा गण्डकीका स्रष्टासँग कोसी प्रदेशका स्रष्टा कार्यक्रम सम्पन्न गरिएको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा गण्डकीका र कोसीका स्रष्टाले सिर्जनामार्फत भावना आदानप्रदान गरे । नेपाली लेखक संघका अध्यक्ष समेत रहेका वरिष्ठ कवि तीर्थ श्रेष्ठ गण्डकीका स्रष्टाको नेतृत्व गरेर विराटनगर आएका थिए ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेलले कोसी प्रदेशको साहित्यिक इतिहासका बारेमा कार्यपत्र प्रस्तुत गरे । गण्डकी प्रदेशबाट आएका स्रष्टालाई संघका तर्फबाट सम्मान समेत गरिएको थियो ।

लेखक संघ कोसी प्रदेशले सातै प्रदेशका स्रष्टालाई बोलाएर यसरी नै क्रमैसँग कार्यक्रम आयोजना गर्ने महासचिव मीनकुमार नवोदितले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro