site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरणले बिमा सूचना केन्द्र स्थापना गर्ने

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा सूचना केन्द्र स्थापना गर्न छलफल थालेको छ । प्राधिकरणले बुधबार काठमाडौंमा सरोकारवालाहरूसँग बिमा सूचना केन्द्रसम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । बिमा ऐन, २०७९ मा व्यवस्था भएबमोजिम बिमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।

बिमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बिमक, पेसागत बिमा अभिकर्ता संघ र नेपाल बिमा सर्भेयर संघबाट राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल सुरू भएको र सुझाव संकलनलाई सघनताका साथ निरन्तररूपमा अगाडि बढाइने बताए ।

“नागरिकको जीवन, सम्पत्ति र राष्ट्रिय सम्पत्तिको सुरक्षण गर्न आवश्यक सूचना प्राप्त गर्ने किसिमले बिमा सूचना केन्द्र स्थापनाका लागि सुझावहरू संकलन गर्न सुरू गरिएको छ,” अध्यक्ष सिलवालले भने, “केन्द्रको स्थापनाबाट सरकारी निकाय, समग्र बिमा बजार र नागरिकलाई फाइदा पुग्नेछ ।”

प्राधिकरणको सञ्चालक समितिका सदस्य कपिलदेव ओलीले बिमा सूचना केन्द्रको स्थापनाबाट बिमासम्बन्धी सूचनालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बिमा सूचना केन्द्रको स्थापनालाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro