site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गाउँका बंगुर सकियो, एकजनाको भागमा ३१ केजी मासु !

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’को छायांकन भोजपुर, संखुवासभा, धरानलगायत ठाउँमा गरिएको थियो । चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरिरहेका थिए ।

काठमाडौं वा यस आसपासमा सिनेमाको छायांकन गरिँदा कतिपय कलाकार आफ्नो सुटिङ सेड्युलअनुसार समय मिलेमा सकेसम्म साँझ–बिहान घरकै खाना खान पुग्छन् । घरमै सुत्छन् । काठमाडौंबाट टाढा सुटिङ हुँदा यो सम्भव हुँदैन । सिनेमाको सेटमै बनाइएको खाना खानुपर्छ ।

‘गाउँ आएको बाटो’को छायांकन गाउँमा भएकाले सबै एक ठाउँमा बस्ने र खाना खानुपर्ने अवस्था थियो । त्यसैले सबैको भान्सा एउटै थियो । सँगै खाना खान्थे । ठूलो समूहमा खाना खाँदा रमाइलो पनि हुने नै भयो । छायांकनमा हरेक दिन कम्तीमा ४५ जना हुने गरेको निर्माता आमोद राई बताउँछन् ।

Dabur Nepal
NIC Asia

‘गाउँ आएको बाटो’को किचनमा प्रायः हरेक दिन मासु पाक्थ्यो । राई कम्युनिटीको लगानीमा निर्मित चलचित्र भएकाले सेटमा पनि उनीहरूको संख्या उल्लेख्य थियो । त्यसैले बंगुरको मासु पकाइन्थ्यो ।

“हामी ठूलो संख्यामा रहेको र हरेक दिन मासु पाक्ने भएकाले सुटिङको अन्तिमअन्तिसम्म पुग्दा त्यो गाउँमा बेच्ने बंगुर नै सकिएछन्,” निर्देशक नवीन बाह्रखरीसँग भन्छन्, “इन्ड क्ल्यापको दिन त छायांकन सकिएको खुसीमा प्रायः हरेक सेटमा केही न केही काट्ने चलन हुन्छ, हाम्रो सेटमा त्यो दिन गाउँमा बंगुर सकिएपछि खसी ढालियो ।”

भोजपुरको बालंखामा छायांकन थियो । त्यहाँ यो सिनेमाको युनिट ८० दिन बसेको निर्माता राई बताउँछन् । सिनेमेटोग्राफरले बीचमै छोडेपछि छायांकन लम्बिएको थियो ।

छायांकन सकिएको खुसीमा खसी त काटियो, तर राई–लिम्बूले प्रायः खसीको मासु खाँदैनन् । त्यसैले त्यो दिन अधिकांश मासु फालिएको नवीन सुनाउँछन् ।

“हामीले अलि बढी नै मासु खाएछौँ कि क्या हो भनेर पछि हिसाब गर्दा एकजनाको भागमा ३१ केजी मासु परेछ,” नवीन भन्छन् ।

परम्परागत जीवनशैलीले जीवन धान्न कठिन हुन थालेपछि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा निर्मित ‘गाउँ आएको बाटो’ यही जेठ २५ गते रिलिज हुँदै छ । बाबुआमा र छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छ भन्ने कथा सिनेमाले भन्ने निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रशन राई मुख्य भूमिकामा छन् ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक नवीनले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक नवीन स्वयं हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro