site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा मोटरसाइकलसहित महिला र पुरुषको शव फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा मोटरसाइकलसहित महिला र पुरुष शव फेलापरेको छ । दक्षिणकाली नगरपालिका–८, केराबारीस्थित भीरमा शव फेलापरेको प्रहरीले जनाएको छ ।

बुधबार अपराह्न ती शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । सडकबाट करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेलापरेको थियो ।

घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल समेत टुक्रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बिहीबार बिहान ती शव निकालेको छ । पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका–५ का ४२ वर्षीय रामचन्द्र खनालको भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरमा बस्दै आएका थिए ।

उक्त महिला शव भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की अन्दाजी ३२ वर्षीया सविना राईको भएको प्रहरीले जानकारी गराएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro