site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई रविको जवाफ– अन्तरदेशीय विवाह पितृसत्तालाई मन परेको छैन
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाहलक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीररूपमा आपत्ति जनाएको बताए ।

लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएकाले त्यसलाई अरूले सम्मानबाहेक केही गर्न नसक्ने बताए ।

ओलीप्रति लक्षित गर्दै उनले अन्तरदेशीय विवाह पितृसत्तालाई मन नपरेको बताए । "पितृसत्ताले गाँजेको यो समाजमा हिजो अन्तरजातीय विवाहका लागि लड्नुपर्ने थियो । आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर, पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौँ टिप्पणीहरु आउने गरेका छन् । शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भिर आपत्ति जनाएका छौँ," उनले भने ।

अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षामन्त्री श्रेष्ठलक्षित टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro