site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाबहिलमा एक पुरुषले श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर लगाए आगो
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती, तीन छोरीहरूसहित आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

आगोले जलेका पाँचजनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ ।

एसपी अधिकारीका अनुसार मादकपदार्थ सेवन गरेर आएका चन्चलले श्रीमतीसँग विवाद हुँदा पेट्रोल छर्केर आगो लगाएको खुलेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro