site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा चार प्रतिस्पर्धी, कसको सम्भावना बलियो ?

काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकबाट जेठ १२ गते राजुरमण पौडेलको बिदाइ भयो । उनले प्राधिकरणमा ३० वर्षे सेवा अवधि पूरा गरेपछि अवकाश पाएका हुन् । उनको बिदाइसँगै अब प्राधिकरणको कार्यकारी निर्देशक को बन्ला भन्ने चासो बढ्न थालेको छ ।  

नेपाल बिमा प्राधिकरणको कर्मचारी विनियमावली, २०६८ अनुसार अहिले प्राधिकरणमा नै कार्यरत चार निर्देशकमध्ये एकजना कार्यकारी निर्देशक हुनेछन् । प्राधिकरणको कार्यकारी निर्देशकको अध्यक्षपछिको दोस्रो वरीयता हो । प्राधिकरणमा कार्यकारी प्रमुखको रूपमा अध्यक्ष हुन्छन् । त्यसपछि कार्यकारी निर्देशक हुन्छन् । कार्यकारी निर्देशकको मातहतमा चार जना निर्देशक हुन्छन् ।

हाल दिनेशकुमार लाल, कमलप्रसाद रेग्मी,  पुजन ढुङ्गेल अधिकारी र सुशील सुवेदी प्राधिकरणमा निर्देशक छन् । यीमध्ये लाल, रेग्मी र ढुङ्गेल कार्यकारीको लाइनमा छन् । सुवेदीको कार्यकारीका लागि योग्यता पुग्दैन ।

प्राधिकरणको कर्मचारी विनियमावली अनुसार कार्यकारीमा नियुक्त हुन कम्तीमा निर्देशक पदमा पाँच वर्ष काम गरिसकेको हुनुपर्छ । तर, महिला र समावेशीको हकमा चार वर्ष निर्देशक भएको व्यक्ति कार्यकारी निर्देशक नियुक्त हुन योग्य हुन्छ ।

सुवेदी निर्देशक भएको चार वर्ष पूरा भएको छ । रेग्मी निर्देशक बनेको आठ वर्ष पूरा भइसकेको छ भने ढुङ्गेल र लाल भने निर्देशक बनेको चार वर्ष पूरा भएको छ । ढुङ्गेल महिला र लाल मधेसी समुदायबाट प्रतिनिधि गर्ने भएकाले उनीहरू चार वर्ष निर्देशक भएकै आधारमा कार्यकारीका लागि योग्य छन् । तर, लालको सेवा अवधि ३० वर्ष यही महिनाभित्र सकिने भएकाले उनी कार्यकारी निर्देशक हुने सम्भावना कम छ । उनको कार्यकाल जेठ महिनामै सकिन्छ ।

“उहाँले असार १ गतेदेखि सेवा सुरु गर्न भएको हो । जेठ मसान्तसम्म मात्र उहाँको कार्यकाल हो,” स्रोतले भन्यो ।

सुवेदीको भने निर्देशक भएको अवधि पाँच वर्ष पुगेको छैन । आगामी साउनमा मात्र उनी निर्देशक बनेको पाँच वर्ष पूरा हुन्छ । सुवेदीलाई सञ्चालक समितिले कार्यकारी बनाउने इच्छा राख्यो भने कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया साउनसम्म लम्ब्याउनुपर्ने हुन्छ । यसपटक उनले इच्छा देखाएनन् भने अर्को चार वर्ष कुर्नुपर्छ ।

कर्मचारी सेवा सर्त विनियमावली अनुसार वरिष्ठताका आधारमा कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान भएकाले रेग्मी नै अबको कार्यकारी निर्देशक हुने सम्भावना बढी छ ।

तर, महिलाको हकमा निर्देशक भएको अवधि चार वर्ष पुगेको भए पनि उमेदवार हुने प्रावधानले ढुङ्गेल र रेग्मीको प्रतिस्पर्धा देखिएको छ ।

सुवेदी र लाल कार्यकारी निर्देशकको रेसबाट बाहिर हुने बित्तिकै ढुङ्गेल र रेग्मीमध्ये एक जना प्राधिकरणको कार्यकारी निर्देशक छनोट हुनेछन् । त्यसमा राजनीतिक समीकरणले पनि काम गर्छ ।

तर, राजनीतिक पहुँचले काम गरेर कायम मुकायमको जिम्मा रेग्मीलाई दिएर कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया लम्ब्यायन सक्ने सम्भावना पनि छ । यसरी कायममुकायमको जिम्मेवारी ६ महिनासम्म दिन सकिने कर्मचारी विनियमावलीमा व्यस्था छ ।

बिमा प्राधिकरणमा अध्यक्षपछि कार्यकारी निर्देशक शक्तिशाली पद हो । बिमा प्राधिकरणमा प्रवेश गरेका कर्मचारीहरूका लागि कार्यकारी निर्देशक सपनाको पद हो । त्यही भएर पनि यो पद प्राप्त गर्नका लागि राजनीतिक सन्तुलन आवश्यक पर्छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro