site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा ‘प्रेसर पोलिटिक्स’, नीतिश कुमारलाई प्रधानमन्त्री बनाउन लबिङ  

काठमाडौं । लोकसभा निर्वाचन २०२४ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याउने भएपछि जनता दल (युनाइटेड)– जेडी (यू)ले ‘प्रेसर पोलिटिक्स’ सुरू गरेको छ । जेडी (यू)का नेताले नीतिश कुमारलाई भारतको प्रधानमन्त्री बनाउनको लागि लबिङ सुरू गरेका छन् । जेडी (यू)को लबिङसँगै भारतमा राजनीतिक सरगर्मी बढेको छ । 

भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा जेडी (यू) रहे पनि भाजपा एक्लैले बहुमत नल्याउने भएपछि नयाँ चलखेल सुरू भएको हो ।

Dabur Nepal
NIC Asia

५४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा बहुमतको पुर्‍याउन २७२ आवश्यक पर्छ । प्रारम्भिक मतगणनाअनुसार भाजपा एक्लैले २४० सिटको हाराहारीमा जित्ने देखिएको छ । एनडीयूले २९४ सिटको हाराहारीमा ल्याउने देखिन्छ । 

नीतीश कुमारको पार्टी जेडी (यू) एमएलसी खालिद अनवरले मंगलबार दिएको अभिव्यक्तिले एनडीयूमा फुट आउने संकेत गरेको छ । ‘अब भारतको प्रधानमन्त्री को होला ?’ भनि मिडियाले सोधेको प्रश्नमा खालिद अनवरले भने, “नीतिश कुमार ।” उनले यस्तो अभिव्यत्ति दिएपछि भारतीय राजनीति तातेको छ । 

उनले थप स्पष्ट पारे, “नीतिश कुमारभन्दा राम्रो प्रधानमन्त्री को हुन सक्छ ? नीतिश कुमार एक अनुभवी राजनेता हुन्, जसले समाज र देशलाई बुझेका छन् । उनले सबै लोकतान्त्रिक संस्थाको सम्मान गर्छन् । हामी अहिले एनडीए गठबन्धनको हिस्सा छौँ, तर पहिला पनि र अहिले पनि जनता नीतिश कुमार प्रधानमन्त्री बनुन् भन्ने चाहन्छन् । आजको परिणापछि यो आशा झन बढेको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro