site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसी : रोजगार मेलामा जागिरका लागि दुईहजार युवाको आवेदन

विराटनगर । तीनै तहका सरकारको संयुक्त आयोजनामा कोसी प्रदेशको राजधान विराटनगरमा आयोजित दुईदिने श्रमाधान रोजगार मेला सम्पन्न भएको छ ।

बिहीबार तीनहजार र शुक्रबार दुई हजार गरी कुल पाँच हजारभन्दा धेरैले मेला अवलोकन गरेको जनाइएको छ । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब दुईहजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार ४९५ गरी दुई हजार ५३७ जना दक्ष कामदार माग गरेका थिए । मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने २५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।

मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सातवटा स्टल राखिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको थियो । त्यस्तै, श्रममन्त्री डोलप्रसाद अर्याल पनि सहभागी थिए । महासंघका कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउतले मेलाले रोजगारीको खोजीमा रहेका युवालाई उत्साहित बनाएको बताए ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोसी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रूपमा थिए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ वाग्मती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सह–आयोजकका रूपमा रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro