site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकद्वारा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण 

काठमाडौं । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खानेपानी पूर्वाधार निर्माण गरी त्रिभुवन जन माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकले सुर्खेतको शारदा नगरपालिका–१५, माल्नेटामा रहेको सो विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरेको हो । 

उक्त पूर्वाधार बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहकाबीच हस्तान्तरण गरिएको छ । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको अभावका कारण पठनपाठनमा समेत समस्या परेपछि बैंकले उक्त  विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार निर्माण गरेको हो ।

२८९ विद्यार्थी र १८ शिक्षक÷कर्मचारी कार्यरत सो विद्यालयले ३५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएका थिए । खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या रहेको थियो ।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रूपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्यांकी निर्माण गर्नुका साथै विद्यालय परिसरमा धारा निर्माण गरेको हो । बैंकले झन्डै दुई महिनाको समय लगाएर उक्त पूर्णधारहरू निर्माण गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro