site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारको विषयमा पिकेमाथि छानबिन

काठमाडौं । बार्सिलोना तथा म्यानचेस्टर युनाइटेडका पूर्वरक्षक जेरार्ड पिकेमाथि स्पेनको अदालतले भ्रष्टचारको विषयमा छानबिन गर्न आदेश दिएको छ । स्पेनिस सुपर कप साउदी अरेबियामा लग्ने सहमतिमा संलग्न देखिएको पिकेमाथि भ्रष्टाचारको आंशकासहित अदालतले छानबिनको आदेश दिएको हो ।

पिकेको कम्पनी कोस्मोसले स्पेनिस फुटबल फेडेरेसनसँग ‘ब्रोकर’ को भूमिका निभाउँदै कम्पनीले ४० मिलियन युरो पाउने सम्झौता गरेको थियो । जसमा फेडेरेसनले ४०० मिलियन युरो पाउने उल्लेख छ ।

Dabur Nepal
NIC Asia

अदातलका न्यायाधिस डेलिया रोड्रिगोले यस सम्झौतामा ‘सम्भावित गैरकानुनी र अपराधिक कार्य देखिएको’ बताएका हुन् । यसै विषयमा छानबिन हुने समूहमा पिके पनि समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।

तर, पिकेले भने सम्झौता कानुनविपरीत भएको कुरा खण्डन गर्दै आएका छन् । सुपर कप सन् २०२० मा साउदी अरेबिया सारिएको थियो । यसपछि पनि २०२२ मा साउदीमै सुपर कप भएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro