site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटलाई पत्याएन सेयर बजारले, यो साता सबै सूचक ओरालो लागे

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण पछिका दुई कारोबार दिन सेयर बजार लगातार उच्च अंकले घटेर बन्द भयो । बजेट आउनुभन्दा अगाडिको साता ११२ अंक बढेको बजार बजेट आउने साताको पहिलो दिन आइतबार २२ अंक र बजेट भाषण भएपछिका दुई कारोबार दिन बुधबार र बिहीबार बजार ४३.७० अंक घट्यो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साताको बुधबार बजार २३.८१ अंक र बिहीबार १९.८९ अंकले घटेको हो । प्रतिशतमा भन्दा दुई दिनमा बजार २.०७ प्रतिशतले बजार ओरालो लागेको छ ।

सेयर बजारमा लगानी गर्नेप्रति लक्षित बुँदा नभएकाले पनि लगानीकर्ता नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतितर्फ केन्द्रित भएका छन् । राष्ट्र बैंकले आगामी साउनमा ल्याउने मौद्रिक नीतिले मात्र बजारलाई राहत दिन सक्ने लगानीकर्ताहरूको बुझाइ छ । त्यही भएर पनि अहिले बजेट अगाडिको प्रोफिट बुक गर्नतर्फ लगानीकर्ता लागेको देखिन्छ । ‘सर्ट टम प्रोफिट बुकिङ र स्टोप लस’ले नै बजारले गति लिन नसकेको लगानीकर्ता शिवचन्द्र  सामाजिक सञ्चालमा लेख्छन् ।

यो साता समग्रमा बजार ६१.९५ अंकले घटेको छ । कारोबार रकम चार अर्ब ८७ करोड १४ लाख रुपैयाँले घटेको छ । यो साताको चार कारोबार दिनम १७ अर्ब १२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साता करिब २२ अर्बको सेयर कारोबार भएको थियो ।

यो साताको सोमबार बजार ३.८९ अंकले बढेको थियो भने तीन कारोबार दिन बजार घटेको छ । यो साताको आइतबार २२.१४ अंकले बजार घटेको थियो । सोमबार बजार झिनो अंकले बढ्यो भने मंगलबार बजार गणतन्त्र दिवसका कारण बजार बन्द भयो । त्यही दिन सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बजेट प्रस्तुत गरेको भोलिपल्ट बुधबार बजार २३.८१ अंक र बिहीबार १९.८९ अंकले बजार घटेको छ ।

गत सताको चार कारोबार दिन नै बजार बढेको थियो । गत साताको आइतबार बजार ४५.६९ अंक, सोमबार २७.५४ अंक, मंगलबार २३.९४ अंक र बुधबार बजार १५.५४ अंकले बढेको थियो ।

गत साताको तुलनामा कुल बजारपुँजीकरण करिब एक खर्बले घटेको छ । यो साताको अन्तिम करोबार दिन कुल बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो । एक सातामा कुल बजार पुँजीकरण ९८ अर्ब २४ करोड रुपैयाँले घटेको हो ।

साताको अन्तिम कारोबार दिन बिहीबार बजार २०६९.५३ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन चार अर्ब २१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो दिन अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । गत साता वाणिज्य बैंक समूहको परिसूचक बढ्दा बजारमा सकारात्मक लय देखिएको थियो । तर, यो साता लगानीकर्ता वाणिज्य बैंक समूहका कम्पनीबाट पनि प्रोफिट बुक गर्नतर्फ लागेको देखिन्छ ।

एक सातामा नै वाणिज्य बैंक समूहको ७३.४८ अंकले घटेको छ । बिहीबार यो समूहको परिसूचक १११९.२५ विन्दुमा बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन यो समूहको परिसूचक ११९२.२५ विन्दुमा बन्द भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro