site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शरीरबाट गन्ध आएको भनेर विमानबाट निकालिएको भन्दै मुद्दा दायर
तस्बिर : सीबीएस ।

वासिङटन । अमेरिकामा तीन काला जातिका मानिसले आफूहरूमाथि जातीय विभेद गरिएको भन्दै अमेरिकन एयरलाइन्सविरुद्ध मुद्दा दायर गरेका छन् ।

शरीरबाट गन्ध आएको भन्दै उक्त एयरलाइन्सले एउटा उडानका क्रममा उनीहरूलाई विमानबाट बाहिर निकालेको त्यससम्बन्धी मुद्दाको अभियोगमा उल्लेख छ ।

अलग–अलग स्थानमा बस्ने र त्यसअघि चिनजान समेत नभएका उनीहरूले गएको जनवरी ५ मा एरिजोनाको फोइनिक्सबाट न्युयोर्कको उडानमा जान लागेका बेला आफूहरूलाई विमानबाट निकालिएको दाबी गरेका छन् ।

उनीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा एयरलाइन्सले आफूहरूलाई काला जाति भएकामा लज्जित र हतोत्साहित गरेको उल्लेख छ ।

टेक्सासमा मुख्य कार्यालय रहेको उक्त एयरलाइन्सले घटनाबारे अनुसन्धान गरिरहेको र यो आरोप एयरलाइन्सको मान्यताअनुरूप नभएको जनाएको छ ।

ती व्यक्तिहरूका तर्फबाट एड्भोकेसी ग्रुप पब्लिक सिटिजनले जनाएअनुसार, उनीहरू फोइनिक्समा विमानभित्र चढेर सिटमा बसिसकेपछि फ्लाइट एटेन्डेन्ट आएर बाहिर जान भनिएको थियो । बीबीसीबाट

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro