site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हेन्सी फ्लिक बार्सिलोनाको मुख्य प्रशिक्षक

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जर्मनीका हेन्सी फ्लिकलाई क्लबको नयाँ प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

क्लबले बुधबार फ्लिकलाई नयाँ प्रशिक्षकको रूपमा सार्वजनिक गरेको हो । यसअघिका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजसँगको सम्झौता रद्द गरेपछि बार्सिलोनाले रिक्त पदमा फ्लिक ल्याउने प्रक्रिया थालेको थियो ।

सन् २०२१ मा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका जाभीको कार्यकालमा बार्सिलोनाले एक ला लिगा र एक सुपर कपको उपाधि जितेको थियो । गत सिजन ला लिगाको उपाधि जिते पनि यस सिजन स्वाभाविक लय गुमाएपछि बार्सिलोनाले जाभीसँगको सम्झौता तोडेको हो ।

नयाँ प्रशिक्षक फ्लिक यसअघि सन् २०२१ देखि २०२३ सम्म जर्मनीको प्रशिक्षण सम्हालेका थिए । त्यसअघि उनी दुई वर्ष जर्मन क्लब बायर्न म्युनिखको जिम्मेवारीमा थिए । सन् २०२० मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ को हार बेहोर्दा फ्लि नै जर्मन क्लबको मुख्य प्रशिक्षक थिए ।

बार्सिलोनाले हालसम्म फ्लिकसँगको सम्झौता रकम र समयावधि भने सार्वजनिक गरेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro