site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जगदम्बा मोटर्सको ‘पहिलो रोनिन कल्ट राइड’ सम्पन्न

काठमाडौं । जगदम्बा मोटर्सले ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० राइडरहरूसहित काठमाडौंदेखि कुलेखानीसम्मको यात्रा ‘फर्स्ट रोनिन कल्ट राइड’ सम्पन्न भएको छ । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता हो ।

२३ वर्षीय राइडर सञ्जय आलेले यस महत्वपूर्ण सवारीका लागि पोखरादेखि काठमाडौंसम्मको यात्रा गरेका थिए । उनी सहभागीहरूको साहसिक जोशको प्रतीक बनेको पनि बताइएको छ ।

Dabur Nepal
NIC Asia

जेठ १२ गते आयोजित ‘रोनिन कल्ट राइड’ आधुनिक रेट्रो मोटरसाइकल उत्साहीहरूका बीच साहसिक र सौहार्दताको भावनाका साथ उत्कृष्ट सफलता हासिल गरेको कम्पनीको ठहर छ । २३ देखि ५५ वर्ष उमेरका सहभागीहरूको विविध समूहको उपस्थिति रहेको पनि जानकारी दिइएको छ ।

यात्रामा राइडरहरूले टीभीएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए । यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले सहरी र लामो दूरी दुवै यात्राका लागि सहज बनाउने पनि बताइएको छ ।

जगदम्बा मोटर्स नेपालमा टीभीएस ब्रान्डका दुई पांग्रे सवारीसाधन ब्रान्डको आधिकारिक विक्रेताको रूपमा परिचित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग सिप मोडेलको रूपमा टीभीएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लि.को १४० भन्दा बढी डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाडौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro