site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेइजिङविरुद्ध घृणा फैलाएको आरोपमा हङकङमा ६ जना पक्राउ
SkywellSkywell

हङकङ । बेइजिङविरुद्ध घृणा फैलाएको आरोपमा हङकङमा ६ जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत बेइजिङविरुद्ध घृणाका लागि उक्साएको अभियोगमा हङकङको सुरक्षा कानुनअनुसार उनीहरूलाई पक्राउ गरिएको दाबी गरिएको छ । पक्राउ पर्नेमा पाँच महिला र एक पुरुष रहेको जनाइएको छ । पक्राउ पर्नेमा अभियन्ता चोउ हाङ तुङ पनि  छन् । उनीहरूलाई मंगलबार पक्राउ गरिएको  हो । 

अधिकारीहरूका अनुसार सो समूहले ४ जुनको तेयनम्यान स्क्वायर वार्षिकोत्सवको सन्दर्भमा मेसेज पोस्ट गरेका थिए । यदि दोषी सावित भएमा नयाँ ल्याइएको कानुन आर्टिकल २३ अनुसार सात वर्षसम्मको जेल सजाय हुने जनाइएको छ । 

KFC Island Ad
NIC Asia

सो कानुन प्रो–बेइजिङ संसद्ले गएको मार्चमा फास्ट ट्रयाकमा  ल्याइएको हो  । यसले देशद्रोह, राजद्रोह र राज्यको गोपनीयतालाई सम्बोधन गरेको छ र त्यसको सुनुवाईका लागि बन्द इजलासको सुविधा समेत उपलब्ध हुन्छ । 

यो विषय  बेइजिङले सन् २०२० मा ल्याएको राष्ट्रिय सुरक्षा कानुनको विस्तृतीकरण हो । दशकौंसम्म हङकङ मात्रै एउटा यस्तो सहर हो जहाँ तेयानमेनको सम्झनामा कार्यक्रम गर्न अनुमति रहेको छ । सहरको अर्धस्वायत्त आर्थिक तथा राजनीतिक र कानुुनी व्यवस्थाअनुसार  ‘एक देश, दुई प्रणाली’को रूपमा सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गर्दा तय गरिएको थियो ।

१९८९को कार्यक्रम शान्तिपूर्ण रूपमा भए पनि  त्यसलाई बेइजिङले ट्यांक र सेना प्रयोग गरी दबाएको थियो । सन् २०२० देखि त्यसको सम्झनामा कार्यक्रम गर्न पनि रोक लगाइएको थियो । साउथ चाइना मोर्निङ पोस्टका अनुसार मंगलबारको अभियोग पहिलाको इभेन्टको सम्झनामा शृंखलाबद्ध रूपमा फेसबुक समूहहरूमा घृणा फैलाइएको दाबी गरिएको छ ।

सुरक्षासम्बन्धी सचिव क्रिस ताङलाई उद्धृत गर्दै  साउथ चाइना मोर्निङ पोस्टले जनाएअनुसार सो पोस्टले केन्द्रीय सरकार, हङकङ सरकार र त्यहाँको न्यायपालिकामा घृणा फैलाएको छ । यसभित्र रहेको घृणाको प्रसंग अपराधको कारण भएको उनले जनाएका छन् । 

यसैबीच, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले सो गिरफ्तारीको आलोचरना गरेको छ । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro