site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे दुई खर्ब लगानीको प्रतिफल प्राप्त नभएपछि महालेखाले गर्‍यो व्यवस्थापनमाथि प्रश्न

काठमाडौं । सरकारले १०३ संस्थामा गरेको दुई खर्ब ४९ अर्ब ५३ करोड रुपैया लगानीको प्रतिफल नआएपछि महालेखापरीक्षकको कार्यालयले व्यवस्थापनमाथि प्रश्न उठाएको छ । महालेखाले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा १०३ कम्पनीमा गरिएको लगानीको प्रतिफल सरकारलाई प्राप्त नभएको उल्लेख छ ।

सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ११८ संस्थानमा तीन खर्ब ८६ अर्ब सात करोड २८ लाख रुपैयाँको सेयर लगानी गरेको छ । तर, ११ संस्थानबाट सरकारलाई २७ अर्ब ३८ करोड सात लाख रुपैयाँ नगद लाभांश प्राप्त भएको छ । उक्त लाभांश प्राप्तिमा नेपाल राष्ट्र बैंकलाई समावेश नगर्दा १६ अर्ब २५ करोड ४५ लाख रुपैयाँ हुन आउने पनि प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्ष यी संस्थानबाट प्राप्त हुने लाभांशको तुलनामा यो ३.८४ गुणाले बढी हो । नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण लगानी फिर्ता गरेकाले यो रकम बढ्न गएको पनि प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro