site stats
बाह्रखरी :: Baahrakhari
देश
एक किलोभन्दा बढी कोकिनसहित एक कंगोकी महिला पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुबईबाट आएकी कंगोकी ४९ वर्षीया अपुला इकुसु म्बोङ्गोलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले एक किलो १०१ ग्राम कोकिन बरामद गरेको हो । ब्युरोका अनुसार उनी जेठ ४ मा दुबईबाट काठमाडौँ आएकी थिइन् । प्रहरीले आशंका गर्दै निगरानीमा राखेकी उनलाई ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्