site stats
बाह्रखरी :: Baahrakhari
विदेश
राष्ट्रसंघले भन्यो– पपुवा न्युगिनीको पहिरोमा ६७० जना पुरिए, उद्धारमा कठिनाइ 
Argakhachi Cement Island Ad

पपुवा न्युगिनी । संयुक्त राष्ट्र संघले पपुवा न्युगिनीमा आएको भीषण पहिरोमा करिब ६७० जना मानिस पुरिएको जनाएको छ ।

पपुवा न्युगिनीमा रहेको आप्रवासनसम्बन्धी संगठनका प्रमुख सेरहन अक्टोप्राकले गएको शुक्रबार आएको सो पहिरोबाट स्थानीय इन्गा प्रान्तमा सोचेभन्दा बढी क्षति भएको जनाएका छन् ।

उनले त्यहाँ १५० भन्दा बढी घर पुरिएको बताए । अझै पनि जमिन चर्किने र भू–स्खलन भइरहेकाले उद्धारमा कठिनाइ भएको जनाइएको छ । बीबीसी
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्