site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखले वाग्लेलाई गराएर पटक–पटक ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षसहित प्रतिपक्ष दलका सांसदहरूको विरोधबीच प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो ।

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले बोल्दा सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित हुन भन्दै पटक–पटक ध्यानाकर्षण गराए । वाग्लेले प्रतिपक्षको विरोध औचित्यहीन भएको बताएका थिए ।

असहज वातावरणमा सदनमा उपस्थित भएर बोल्नुपर्छ भन्ने आफूलाई लागेको थिएन भन्दै उनले विरोधको औचित्य नभएकामा जोड दिए ।

कांग्रेसलाई बीपी कोइरालाले स्थापना गरेको मानक पढाउँदै उनले भने, “६५ वर्षअघि नेपाली लोकतान्त्रिक आन्दोलनको धरोहर, हामी सबैको प्रेरणा, मेरो राजनीतिक आदर्श बीपी कोइरालाले ६५ वर्षअघि स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउनलाई यो लज्जास्पद, औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओझ, संसद्को गरिमा, संसद्को उपदेयता असान्दर्भिक बनाउने कदम असान्दर्भिक छ ।”

उनले सहकारीका समस्या समाधान गर्ने कि व्यक्ति तोकेर खराब नजिर बनाउने भन्दै भने, “समाधान गर्ने कि ७४ लाख बचतकर्ताको सहकारीमा बचत राखिएको छ, समाधानउन्मुख हुने कि व्यक्तिकेन्द्रित भएर खराब नजिर बनाउने ?”

उनले यति भनेपछि सभामुख घिमिरेले विषयकेन्द्रित भएर बोल्न आग्रह गरे । त्यसपछि वाग्लेले कार्यादेशका विषयमा छलफल भइरहेको भन्दै थपे, “संसदीय छानबिन बनाउन सहमति भएको छ । यो औचित्यहीन कर्मकाण्डी विरोधको औचित्य छैन । टीओआरमा नेगोसिएसन चलिरहेको छ, एकदुई शब्दमा गएर अड्किएको छ । औचित्यहीन कर्मकाण्डको खेद प्रकट गर्न चाहन्छु ।”

त्यसपश्चात् पनि उनलाई सभामुख घिमिरेले विषयकेन्द्रित हुन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro