site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री महासेठलाई हरेक दिन मेयर बालेनको एक ट्रक धुलो उपहार !
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो ‘उपहार’ पठाउने ‘घोषणा’ गरेका छन् ।

काठमाडौंको कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका नाममा यहाँका नागरिकले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यो नियन्त्रणमा ध्यान नदिएको र काम अगाडि नबढाइएको भन्दै उनले धुलो पठाउने घोषणा गरेका हुन् ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

“यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्वीकार्नुहोला,” उनले फेसबुकमा लेखेका छन् ।

काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा उक्त क्षेत्रकै धुलो मुख्य कारण रहेको उनको भनाइ छ । “...जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ,” उनले लेखेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:४७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro